Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

लण्डन – बेलायतले कोरोना विरुद्धको खोपलाई व्यापक तुल्याएको छ । हालसम्म २६ लाख ७५ हजार २१३ जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइसकिएको यहाँका स्वास्थ्य मन्त्रीले सोमबार जानकारी दिएका हुन् ।

हाल दिएका खोपमध्ये २२ लाख ८६ हजार ५७२ जनाले खोपको पहिलो डोज लिएका छन् भने तीन लाख ८८ हजाए ६४१ जनाले खोपको दुईवटै डोज लिइसकेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारबाट बेलायतमा ठूलो सङ्ख्याम खोप वितरण गर्ने उद्देश्यले विभिन्न सातवटा स्थानहरुमा खोप सेवा शुरु गरिएको छ ।

लन्डन, ब्रिष्टल, सर्रे, न्यूक्याशल, म्यानचेष्टर र बर्मिंगहाम जस्ता ठाउंमा ठूलो संख्यामा खोप कार्य शुरु गरिएको छ । आगामी मध्य फेब्रुअरीसम्ममा दुई हजार सात सय स्थानहरुमा खोप वितरण सेवा विस्तार गरिने र एकै हप्तामा बीस लाख मानिसलाई खोप दिने बेलायत सरकारले जनाएको छ । जसमा २०६ वटा अस्पताल, ५० भ्याक्सिनेशन सेन्टर र करिव एक हजार दुई सय स्थानीय भ्याक्सिन साइटहरु लगायतका पर्दछन । यो खोप वितरण कार्य इतिहासकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया