Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

नयाँ दिल्ली– भारतमा अर्को शनिवार अर्थात माघ ३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिने भएको छ ।

भारतमा सबैभन्दा पहिला स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा रहेर कार्यरत व्यक्तिहरुलाई खोप लगाइने बताइएको
छ ।

उनीहरुको संख्या करिव तीन करोड छ ।

त्यसपछि ५० वर्षभन्दा बढी उमेर भएका व्यक्तिहरु तथा गम्भिर बिरामीसंग संघर्ष गरिरहेका ५० वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई खोप लगाइने छ ।

यसरी पहिलो चरणमा करिव २७ करोड मानिसहरुलाई खोप लगाइने छ ।

खोपका दुई डोज हुनेछन् ।

उनीहरुलाई २८ दिनभित्र दुबै खोप लगाइने छ ।

सबैले दुई पटक खोप लगाएपछि मात्र यसको सेड्यूल पुरा हुने छ ।

दोस्रो डोज लगाएको दुई हप्तापछि शरीरमा कोरोनाबाट बचाउने एन्टिबडी बनने छ ।

एन्टिबडी अर्थात शरीरमा रहेको त्यो प्रोटीन, जसले भाइरस, ब्याक्टेरिया, फंगस तथा प्यारासाइटको आक्रमणलाई प्रभावहिन बनाउने छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आज बोलाइएको उच्चस्तरीय छलफलको क्रममा उक्त कुराको जानकारी गराइएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत भारतीयहरुलाई वधाइ समेत दिएका छन् ।

भारतमा कोभिशिल्ड तथा कोभ्याक्सिनलाई कोरोना विरुद्धको खोपको रुपमा अनुमति मिलेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया