मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं – बोकाले दूध दिन्छ भन्दा हामीलाई विश्वास लाग्दैन नै । तर यो कुरा सत्य हो । भारतको राजस्थानस्थित धौलपुर जिल्लामा एक बोकोले दूध दिएपछि सबै हैरान बनेका छन् । दूध दिने त छँदै छ उक्त बोकाको मालिक दूध पिउँछन् पनि ।

त्यो बोको हरेक दिन दूध दिन्छ । आधा लिटर दूध दिने भएकोले परिवारका सबै दूध पिउँछन् । भारतीय सञ्चारमाध्यमका अनुसार १६ महिना पहिला राजवीर नामका एक व्यक्तिले यो अनौठो बोकालाई बजारमा भारतीय ढाई हजार रुपैयाँमा किनेका थिए ।

किनेर ल्याउँदा यो बोको भएको तर १० महिना पछि यसमा परिवर्तन देखिएको राजीव बताउँछन् ।

फेरी यसले दूध दिएपछि उनी हैरान भए । त्यसपछि उनले डाक्टरलाई देखाए । डाक्टरले पनि बोकाले दूध दिएको देख्दा हैरान भए ।

पशु चिकित्सकले भने यस्तो घटना हर्मोनका कारण हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया