Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

घर बनाउने र किन्ने कुरामा जब हामी सोच्छौँ हाम्रो कल्पनामा एउटा सुन्दर र छुट्टै किसिमको घर आउँछ ।

त्यो कल्पनाको घर बनाउन वा किन्नको लागि दिनरात हामी मेहनत पनि गर्छौँ । हामी घर किन्दा होस् वा बनाउँदा हामीले विशेष महत्व दिने भनेको घरको क्षेत्रफल अर्थात् घरको लम्बाई र चौँडाई हो ।

तपाईंहरुले हरेक प्रकारका घर तथा भवनहरु देख्नु भएको होला । कुनै भवन यति अग्लो हुन्छ कि भूकम्पको सानो तिनो धक्काले नै काप्न थाल्छ । भने कुनै घर यति पातलो हुन्छ कि मानिसहरु घर भित्र पनि कसरी जान्छन् भन्ने कुरा सोच्न हामी बाध्य हुन्छौँ ।

सामाजिक सञ्जालमा सधैँ एउटा त्यस्तै घरको चर्चा हुने गरेको छ ।बेलायतको कन्सिङ्टनस्थित एक भवनलाई मानिसहरुले बनावटका आधारमा नै ‘थिन हाउस’ भन्ने गरेका छन् । यो भवनको उचाई १३ फिट र चौडाई ६ फिट रहेको छ ।

यो भवन भित्र ६ फिटको व्यक्ति पनि आरामले सुत्न सक्दैन । तर यो घरको बनावट भने एकदमै आकर्षक रहेको छ । हेर्नेबित्तिकै आश्चर्यचकित बनाउने घरबारे मानिसहरुले विभिन्न किसिमका प्रतिक्रियाहरु दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया