काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत जाने भएका छन् । लामो समयदेखि अस्वस्थ पत्नीको थप उपचारका लागि उनी सोमबार मुम्बई जाने भएका हुन् ।
विभाजित नेकपा (प्रचण्ड-नेपाल) समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार आज पेरिसडाँडामा बसेको यो समूहको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नी सीताको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका हुन् । सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् ।
स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।