आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – मलेसिया सरकारले आगामी जनवरी देखि मोवाइल एप सञ्चालनमा ल्याउने भएको छ । श्रमिकले आफूमाथि कुनै दुर्व्यवहार भएमा सम्बन्धित् सरकारी निकायमा उजुरी गर्न सकिने एप ल्याइने भएको हो ।

मलेसिया सरकारले बनाउने उक्त एप नेपाली, बंगाली लगायत विभिन्न भाषामा हुने छ । मोबाइल एपले विदेशी श्रमिकको अधिकारको सम्मान नगर्ने रोजगारदाताहरुका बारेमा सरकारले जानकारी हासिल गर्ने उदेश्यले उक्त एप निर्माण गर्न लागिएको मलेशियाका मानव संशाधन मन्त्री एम शरभनानले बताए ।

विदेशी श्रमिकले आफूमाथि दुर्व्यवहार हुँदा सरकारसँग सिधा नजोडिएको कारण उजुरी गर्न नसकेको उनले बताए । उनका अनुसार,नयाँ आउने मोवाइल एपमा दोहोरो सञ्चार गर्न सकिने छ ।त्यसपछि श्रमिकको उजुरीका आधारमा श्रम विभागले अनुगमन गर्ने छ ।

श्रमिक माथि रोजगारदाताले शोषण गर्ने,भने अनुसार तलब नदिने,उचित बसोवासको व्यवस्था नहुने, दुर्व्यवहार गर्नेलगायतका समस्याहरु श्रमिकहरुले बोग्नु पर्ने समस्या छ

तपाईको प्रतिक्रिया