आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेका छन् । विश्वभर कोरोनाको परिवर्तिक रुपको आतंक मच्चिरहेका बेला रुसी राष्ट्रपति पुटिनले कोरोना खोप लगाउने घोषणा गरेका हुन् । यही समयमा युरोपका धेरै मुलुकहरुले खोप कार्यान्वयणको प्रक्रियालाई तिव्रता दिइरहेका छन् । युरोपियन युनियनमा आवद्ध मुलुकहरुले खोप लगाउन सुरु गरिसकेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी राष्ट्रपति पुटिनले कोरोना विरुद्धको स्पुटनिक–५ खोप लगाउने भएका हुन् । यो खोप रुसमै निर्माण गरिएको हो । यो खोप रुसको राजधानी मस्कोबाट लगाउन सुरु गरिएको थियो ।
तपाईको प्रतिक्रिया