आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – गत २४ घण्टामा नेपालमा ४ सय ८१ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को धनुषामा ३ र रौतहटमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा १ सय ७५, ललितपुरमा २७, भक्तपुरमा ६, काभ्रेमा ३, चितवनमा २०, दोलखामा २, धादिङमा ७, नुवाकोटमा ४, मकवानपुरमा ७, रसुवामा १, रामेछापमा १ र सिन्धुलीमा जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको कास्कीमा ५४, तनहुँमा ४, नवलपरासीमा पूर्वमा ४, लमजुङमा २, बागलुङमा ६ र स्याङजामा १३ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, गुल्मीमा ४, दाङमा २, नवलपरासीमा ४, पाल्पामा ७, प्युठानमा १, बर्दियामा ४, बाँकेमा १९, रोल्पामा १ र रुपन्देहीमा १७ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशमा गत २४ घण्टामा कुनै पनि जिल्लामा संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा १०, कैलालीमा ४५ र बझाङमा ५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया