आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – झापाको गौरादह नगरपालिकामा बम फेला परेको छ।

हिजो दिउँसो ३ बजेतिर गौरादह नगरपालिका वडा नम्वर ७ स्थित भक्तबहादुर खत्रीको टिक बगानमा बम फेला परेको हो।
गाईबस्तु चराउन गएकी १५ वर्षीय बालिकाले डल्लो जस्तो बस्तु देखेपछि नजिकै रहेको अर्की महिलालााई खवर गरेकी थिइन्। त्यसपछि उनीहरुले प्लाष्टिकमा बोको पारेको बस्तु निकालेर हेर्दा बम भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अस्थाई प्रहरी चौकी जुरोपानी र इलाका प्रहरी कार्यालय गौरीगंजबाट आएको प्रहरी टोलीले अनुसन्धानपछि बम भएको निष्कर्षमा पुगेर चारआलीमा रहेको नेपाली सेनाको टोली बोलाइ बम डिस्पोज गरिएको थियो।

बम जनयुद्धको समयमा राखिएको वा तत्काल नै राखिएको हो भन्ने अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया