आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सहीसलामत चुनाव नगराउने भन्दै देशव्यापी जनप्रदर्शनमा उत्साहजनक सहभागी बन्न आग्रह गरेका छन् । उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘अब हामीलाई उहाँ (प्रधानमन्त्री)ले देशमा सहीसलामत चुनाव गराउनुहुन्छ भन्ने पनि विश्वास छैन । बरु न्यायमूर्तिहरूबाट असंवैधानिक कदमलाई सच्याई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु । अतः नेपाली कांग्रेसले यो कदम सच्चियोस् भनेर देशभरि जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको छ।  सम्पूर्ण साथीहरूलाई उत्साहजनक सहभागिताका लागि अनुरोध गर्दछु ।’

तपाईको प्रतिक्रिया