आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेता माधव नेपाल पक्षले संसद विघटनबिरुद्ध शुक्रवार माइतीघरमा प्रदर्शन गरे ।

प्रदर्शनका क्रममा प्रचण्ड, नेपाललगायतका नेता कार्यकर्ताले छातीमा ‘हामी यता छौं’ लेखिएको ब्यानर टाँसेका थिए । जुन फोटोलाई लिएर यतिवेला सामाजिक संजालमा विभिन्न कोणबाट टिका टिप्पणी भइरहेको छ ।

यता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि यसै सन्दर्भलाई जोडेर ‘तपाई कता ?’ भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘जुनसुकै आन्दोलनमा आत्मसमर्पणवादी र संघर्षशील दुइ धार हुन्छन्। महेन्द्रको कू पछि बीपी-पिएल र तुलसी गिरी-केशरजंग धार!ज्ञानेन्द्रको कू पछि ‘प्रतिगमन आधा सच्चिएको’/‘गोरखाली राजाले न्याय गरेको’ धार र जनयुद्ध/जनआन्दोलनको धार!अहिले ओलीको कू पछि अदालत पर्खने र सडकमा उत्रने धार!तपाईं कता ?”

तपाईको प्रतिक्रिया