Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

काठमाडौं –  २०२० मा विश्वभर जुन स्तरमा ल्यापटप र डेक्सटप स्टक गरियो, त्यस किसिमको ठूलो कारोबार यसअघि २००७ मा आइफोन डेब्यु हुँदा मात्र देखिएको थियो । तर उत्पादनमा निरन्तर वृद्धि गराइरहे पनि सबै ग्राहकको अर्डर पूरा गर्न अझै कम्पनीहरु महिनौँ पछाडि रहेको हार्डवेयर उद्योगका कार्यकारी र प्राविधिक विशेषज्ञहरु बताउँछन् ।

कोरोना महामारीको समयमा घरमै या एकान्तमा काम गर्ने अनि अनलाइन कक्षा प्रचलित भएकाले पनि कम्प्युटर बजारमा नसोचेको व्यापार वृद्धि भएको हो । यसबीच स्मार्टफोनको बिक्री कम भयो भने ठुल्ठूला डिभाइसहरुप्रति मानिसहरुको चासो बढ्न थाल्यो । हार्डवेयर निर्माता एसरका प्यान अमेरिका अध्यक्ष ग्रेग प्रेनडरगास्ट भन्छन्, “यो क्षेत्रको सप्लाइ चेन अहिले जति कहिलै लम्बिएको थिएन ।”

विज्ञहरुको अनुमानमा २०२० मा ल्यापटप र डेक्सटपहरु ३० करोडभन्दा बढी वितरण भएका छन् जुन अघिल्लो वर्षको भन्दा १५ प्रतिशत वृद्धि हो । यस किसिमको ठूलो व्यापार यसअघि २००८ मा मात्र देखिएको थियो । यता ट्याबलेटले झन् ठूलो वृद्धि महसुस गरिरहेको छ ।

यस्तोमा २०२१ को अन्त्यसम्ममा ल्यापटप, डेक्सटप अनि ट्याबलेट प्रयोगको सङ्ख्या २०१९ मा १.६४ अर्बबाट बढेर १.७७ अर्ब पुग्ने अनुसन्धान कम्पनी क्यानालिसले जनाएको छ । यसमा कोरोना प्रभावित परिवारले घरमा एउटा डिभाइसबाट यो वर्ष प्रत्येक विद्यार्थी या भिडियो गेमर या घरबाट काम गर्नेहरुका लागि एक-एकवटा छुट्टाछ्ट्टै डिभाइस जुटाउनुपर्ने भएकाले नै यति ठूलो वृद्धि भएको हो ।

अर्कोतर्फ अचानकको उच्च मागलाई धान्‍न सीमित सङ्ख्यामा रहेका ठूला पीसी भेन्डरहरुले उत्पादनदेखि वितरणसम्म ठूलो संघर्ष गर्नुपर्‍यो र अर्को वर्ष नयाँ र अझ सुधार गरिएका मोडल लन्च गर्ने तयारीमा पनि उत्तिकै खटिनुपरेको हो ।

एसरका अनुसार कम्पनीले अहिले शिक्षा क्षेत्रका ग्राहकहरुलाई छिटै डिभाइस उपलब्ध गराउन महिनौँ लाग्ने जहाज, रेललगायतका माध्यममा कटौती गरी, सीधा वितरण सुरु गरेको छ । तर अझै पनि केही उपभोक्ताले चाहिँ चार महिनाभन्दा कम समयमा आफ्नो सामान नपाउने अवस्था रहेको बताइएको छ ।

प्राविधिक उद्योगहरुको सङ्ख्या धेरै भए पनि भाइरसका कारण केही समयका लागि तिनीहरु बन्द गराउनु पर्दा स्क्रिन र प्रोसेसरसहित कम्प्युटरका अन्य पाटपुर्जाहरु पाउन कठिन भएको हो । आपूर्तिमा समस्या नभए २०२१ मा पनि व्यापार उच्च रहने अनुमान छ ।

क्यानालिसका विश्लेषक इशान दत्तले गत अप्रिलमा एक ग्राहकको कुरा सम्झिए, जसले उनलाई, जुन डिभाइस भए पनि एक सातासम्म आइपुग्ने र किबोर्ड भएको भए पर्याप्त हुने बताएका थिए । तर अहिले भने मानिसहरुले राम्रो फिचरयुक्त डिभाइस खोज्न थालेकाले उद्योग झन् दबाबमा परेको उनले बताए । त्यसैले पनि अबका केही महिना बजारमा उपलब्ध हुने कम्प्युटरहरुले नयाँ आवश्यकताहरुको ख्याल राख्नुपर्ने हुन्छ जस्तै अहिले सबैलाई भिडियो कन्फरेन्सिङका लागि राम्रो क्यामरा र स्पिकर भएको डिभाइस चाहिएको छ ।

प्राविधिक कम्पनी डेलका प्रमुख, स्याम बर्डका अनुसार अबका नयाँ डिभाइसहरुमा लग-इन गर्ने र क्यामरा स्विच अफ गर्नेजस्ता कामलाई सजिलो बनाउन विभिन्‍न किसिमका आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरको प्रयोग गर्ने क्रम बढ्नेछ । २०२० को तेस्रो क्‍वार्टरमा डेल कम्पनीमा अनलाइन अर्डर गर्ने ग्राहकहरु ६२ प्रतिशतले वृद्धि भएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया