टोकियो – आज शुक्रबार राजधानी टोकियोमा ६६४ जना नयाँ संक्रमित भेटिएका छन् । टोकियोमा अहिलेसम्म संक्रमित हुनेको संख्या ५०,१५४ पुग्यो ।
संक्रमितको संख्या अत्यधिक बढ्दै गएपछि स्वास्थ्य सेवा समेत अपर्याप्त भएको अधिकारीहरुले जनाएका छन् ।
टोकियोमा यसअघि गत बुधबार एकैदिनमा ६७८ र बिहिबार ८२२ जना सङ्क्रमित भएका थिए । संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएपछि सर्वत्र चासो र चिन्ता पनि बढेको छ । टोकियोका गभर्नर युरिको कोइकेले जनताको जीवन जोगाउनका लागि आफुहरु सवै प्रकारका सतर्कता र प्रयासहरु गर्न लागिरहेको पत्रकारहरुलाई जानकारी दिनुभयो ।
सरकारी अधिकारीहरूले राजधानी टोकियोको अवस्था प्रतिदिन नराम्रो हुँदै गइरहेको बताएका छन् । टोकियोमा कोरोना संक्रमितका लागि मात्रै भनेर तीन हजार शैया छुट्याइएकोमा त्यसको ७० प्रतिशत शैया गत हप्ता नै प्रयोग भइसकेको थियो । अरु एक हजार शैया थप्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।