Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – कोरोनाबाट नेपालमा पछिल्लो २४ घण्टायता थप १३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ५५५ नमूनाको पीसीआर परीक्षण गरिएकोमा ७३६ जनामा संक्रमण पुष्टि भएको छ।

यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ। यस्तै, अहिलेसम्म १८ लाख ४९ हजार १३६ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ९ हजार ७५७ रहेको छ। यसमध्ये संस्थागत आइसोलेसनमा ३६६३ र होमआइसोलेसनमा ६०९४ रहेका छन्।

यस्तै, सोही अवधिमा ८४७ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको मन्त्रालयले जनाएको छ। हाल आईसीयूमा २८९, भेन्टिलेटरमा ५९ र क्वारेन्टिनमा ४५२ जना रहेका छन्।

तपाईको प्रतिक्रिया