Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – मौसम परिवर्तनको संघारमा रुघाखोकीको प्रकोप बढ्न गर्दछ । कतिपयले रुघाखोकी बढ्नेबित्तिकै अस्पताल धाउने र अनेक खालका ओषधी प्रयोग गर्ने गरेका छन् तर रुघाखोकी ‘सामान्य र नियमित प्राकृतिक परिवर्तन’ भएकाले यस्तोमा आधुनिक औषधीको प्रयोग आवश्यक छैन । बरू घर अथवा कार्यालयमै बसेर रुघाखोकीलाई कम गर्ने अनेक उपाय गर्न सकिन्छ ।

यसरी कम गर्न सकिन्छ रुघाखोकी

नाक बजाउनुहोस् :रुघा लागेको बेला नाकलाई नियमित रूपमा सफा गर्नु जरुरी हुन्छ । त्यसका लागि एकापटिको नाकको प्वाल पुरिने गरी माथिबाट हातका औँलाले थिच्ने र अर्को खुला नाकको प्वालबाट ‘सीँ’ गर्नु उचित हुन्छ । दुवै नाक यसैगरी सफा गर्नुहोसस् र यति गरिसकेपछि हात र नाक दुवै सफा गर्नुहोस् ।

आराम गर्नुहोस्: रुघाखोकीमा किन आराम गर्ने भन्ने लाग्न सक्छ । रुघाखोकीमा आराम गर्दा रुघाखोकी छिटो निको हुने सम्भावना बढी छ किनभने तपाईं आराम गरेर बस्दा तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमता केवल रुघाखोकी नियन्त्रणमै मात्र केन्द्रित हुन्छ र छिट्टै रुघाखोकी निको हुन्छ ।

कुल्ला गर्नुहोस् : मनतातो पानीमा नुन (सम्भव भए बिरेनुन) हालेर कुल्ला गर्नुहोस् । यसले तपाईंको घाँटीभित्रको सुख्खा भागलाई स्वस्थ्य पार्न धेरै मदत मिल्छ । दिनको चार पटक यसो गर्नु ठीक हुन्छ । कुल्ला गर्ने पानीमा नुनसँगै मनतातो पानीमा कागती राख्नु उचित हुन्छ ।

तातो तरल पदार्थ र फलफूल खानुहोस् :तातो पानी नियमति पिउँदा त्यसले बन्द भएको नाकलाई खुलाउन सहयोग गर्छ । अहिले त स्थानीय बजारहरूमा तुलसी लगायतका जडीबुटी राखिएका चियाहरू समेत उपलब्ध छन् । त्यस्तै, फलफूलमा पर्याप्त भिटामिन हुने भएकाले सबैखालका रोगसँग लड्दछ । तिनको सेवन गरे झनै राम्रो । यसर्थ, रुघाखोकीको बेला खासगरी सुन्तलजन्य फलफुल अत्यन्त लाभकारी हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया