काठमाडौं – कलेजो हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो। कलेजोले कार्बोहाइड्रेटहरू भण्डारण गर्न, प्रोटिनहरू बनाउन, पोषक तत्वहरू लिने र पित्तमा महत्त्वपूर्ण भूमिका खेल्छ। कलेजोले सम्पूर्ण शरीरलाई डिटक्स गर्दछ।
चुकन्दर : चुकन्दर एन्टीआक्सीडन्ट, खनिज र भिटामिनले भरिएको हुन्छ। यसले पित्त सुधार गर्दछ र शरीरबाट विष हटाउँछ।
जामुन : जामुन वा बेरी जस्तै क्रनबेरी र ब्लूबेरीमा एन्थोसायनिन हुन्छ जसले कलेजोलाई कुनै पनि किसिमको नोक्सानबाट बचाउँछ। यो एन्टिऑक्सिडन्टले कलेजोको प्रतिरोधात्मक क्षमतालाई पनि सुरक्षित गर्दछ।
लसुन : लसुनको एक एलिसिन कम्पाउन्ड हुन्छ जसले पूरै शरीरलाई डिटक्स गर्न गर्दछ । लसुनसँग एन्टीआक्सीडन्ट र एन्टिबायोटिक गुणहरू पनि छन्। यसले कलेजोलाई सफा र बलियो बनाउँछ।
भोगटे : भोगटेमा रहेको एन्टीआक्सीडन्टले सूजन कम गर्दछ र कलेजोको सेललाई रक्षा गर्दछ।
जडिबुटी : धनिया, हल्दी, अदुवा र डन्डेलियन जरालाई शक्तिशाली डिटोक्सिफायर मानिन्छ। यी सबै जडिबुटीहरूले कलेजोलाई मजबुत बनाउँदछन्।
कफी : कफीमा रहेको पोलीफेनोलहरूमा एन्टिआक्सीडन्ट र एन्टीइन्फ्लेमेटरी गुणहरू हुन्छन् जसले सिरोसिसलाई बढ्नबाट बचाउँछ र कलेजोलाई बचाउँछ।