काठमाडौं – कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर १०४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ४४ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४६ हजार ६९४ जना पुगेको छ । हालसम्म १८ लाख २० हजार ६१८ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १२ हजार १४८ रहेको छ ।
सोही अवधिमा १२७१ जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५१९ जना रहेका छन् ।