Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो । उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रूण अपनाए । मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रूणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन् । यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन् ।

‘हामी औधी खुसी भएका छौँ,’ टिना गिब्सनले बताइन् । ‘पाँच वर्षअघि यदि कसैले मलाई एउटा होइन दुइटी छोरीकी आमा हुन्छ्यौ भनेको भए म पत्याउन्नथेँ’ उनले भनिन् ।

भ्रूणदान
पाँच वर्षसम्म सन्तान नभएपछि उनका आमाबुवाले संरक्षित भ्रूण दान लिएर बच्चा पाउन सकिने समाचार पढे । ‘मेरा आमाबुवाले उक्त समाचार नदेखेको भए हामी यहाँसम्म आइपुग्ने थिएनौँ,’ २९ वर्षीया टिना गिब्सनले भनिन् ।

टिना एक प्राथमिक विद्यालयकी शिक्षिका हुन् भने ३६ वर्षीय पति बेन साइबर सुरक्षा विश्लेषक हुन् । उनीहरूले नक्स्भिलस्थित न्याश्नल एम्ब्रियो डोनेशन सेन्टर (एनईडीसी) सँग सम्पर्क गरे । उक्त केन्द्रले इन भिट्रो फर्टिलाइजेशन पद्धतिबाट विकसित भ्रूणलाई चिसो तापक्रममा सुरक्षित रूपमा भण्डारण गरेर राख्छ ।

कतिपय प्राकृतिक अभिभावकले त्यस्ता भ्रूणका दान दिनका निम्ति पनि छाडिदिन्छन् जसलाई गिब्सन दम्पतीजस्ता नि:सन्तान व्यक्तिले अपनाउन सक्छन् । उनीहरूले त्यसपछि प्राकृतिक रूपमै त्यस्ता भ्रूण प्रयोग गरी शिशु जन्माउन सक्छन् ।

प्रक्रिया
एनईडीसीका अनुसार अहिले अमेरिकाभरि अनुमानित १० लाख त्यस्ता भ्रूण सुरक्षित राखिएका छन् । सत्र वर्षअघि स्थापित एनईडीसीले एक हजारभन्दा धेरै त्यस्ता भ्रूण इच्छुक दम्पतीलाई उपलब्ध गराएको छ । धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने परम्परागत प्रक्रिया जस्तै भ्रूण ग्रहणमा पनि केही प्रक्रिया पूरा गर्नुपर्छ ।

इच्छुक दम्पतीलाई कुनै भ्रूणको वास्तविक आमाबुवा को थिए भनेर बताउन पनि सकिन्छ वा नबताउन पनि सकिन्छ । यस्ता सम्पर्कले दातासँग इमेलमार्फत् कुराकानीको सहजीकरण गराउँछ अनि कतिपयले पछिसम्म आफन्तको सम्बन्ध राख्न पनि सक्छन् । दम्पतीहरूलाई २०० देखि ३०० दाताहरूको विवरण दिइन्छ । गिब्सन दम्पतीले लामो समयदेखि शिशु चाहेकाले उनीहरूका निम्ति धेरै विकल्प खुला थिए ।

दिदीबहिनी
‘हामीले बच्चा कस्तो होला वा कहाँबाट आएको होला भन्ने बारे खासै सोचेनौँ,’ टिना गिब्सनले भनिन् । उनले एनीडीसीसँग परामर्श गरिन् । ‘हामी अलि साना छौँ त्यसैले भ्रूण रोज्दा पनि उचाइ र तौल हाम्रो जस्तै हुनसक्ने गरेर रोज्यौँ,’ उनले बताइन् ।

गिब्सन दम्पतीले रोजेका दुई बालिका मली र एमा आनुवंशिक रूपमै दिदीबहिनी हुन् । दुवै भ्रूणलाई एकैपल्ट सन् १९९२ मा दान गरिएको थियो जतिखेर टिना स्वयं एक वर्षकी थिइन् । एनईडीसीका अनुसार एमाको जन्म गराइँदा उनको भ्रूण २४ वर्ष पुरानो थियो र त्यो नै कीर्तिमान थियो। तर यो वर्ष मलीको जन्म भएपछि त्यो कीर्तिमान भङ्ग भयो ।

अचेल एमाले बहिनी मलीलाई निकै माया गर्छिन् । एनईडीसीका अनुसार यसरी भ्रूणलाई कहिलेसम्म सुरक्षित राख्न सकिन्छ भन्ने कुनै समयसीमा छैन । आईभीएफमार्फत् विकसित भ्रूणबाट पहिलो जन्म सन् १९८४ मा अस्ट्रेलियामा भएको थियो । –बीबीसी

तपाईको प्रतिक्रिया