Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – विश्वभर ४ करोड ५३ लाख बढी कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म ६ करोड ५५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ४ करोड ५३ लाख नाघेको वल्डोमिटरले जनाएको छ । ​

वल्डोमिटरका अनुसार गएको २४ घण्टामा ४ लाख २३ हजारभन्दा धेरै निको भएसँगै कोरोना जित्नेको संख्या ४ करोड ५३ लाख ५१ हजार नाघेको हो ।

अहिलेसम्म संक्रमित निको हुने दर भारतमा सबैभन्दा धेरै छ । भारतमा अहिलेसम्म ९० लाख ८ हजारले कोरोना जितेका छन् । त्यहाँ ९५ लाख ६४ हजारमा संक्रमण पुष्टि हुँदा १ लाख ३९ हजारको भने मृत्यु भएको छ।

भारतपछि अमेरिकामा ५ लाख ५ हजारले कोरोना जितेका छन् । अमेरिकामा विश्वकै धेरै १ करोड ४५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा २ लाख ८२ हजारको मृत्यु भइसकेको छ ।

यसैगरी ६४ लाख ८७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ब्राजिलमा ५७ लाख २५ हजार निको भएका छन् भने १ लाख ७५ हजारको मृत्यु भएको छ । ​

वल्डोमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर ६ लाख ६६ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया