Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – बेलायतले फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई प्रयोग गर्न अनुमति दिए लगत्तै जापानको सरकारले पनि कोरोनाविरुद्धको खोपलाई अनुमित दिन तयार रहेको एक वरिष्ठ अधिकारीले बुधवार जानकारी दिएका छन् ।

मुख्य क्याबिनेट सचिव कात्सुनोबु कातोले पत्रकार सम्मेलनमा यदि जापानमा कोरोनाविरुद्धको खोप अनुमोदन गर्न निवेदन आएमा खोपको प्रभावकारिता र सुरक्षाको पुष्टि गरेपछि जापानले खोपलाई प्रयोगका लागि अनुमित दिन तयार रहेको जानकारी दिएका छन् ।

बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो ।

करीब १० महिना लगाएर फाइजर र बायोएनटेकले विकास गरेको खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको जनाइएको छ । तर, यसलाई भण्डारण गर्न अत्यन्त न्यून तापक्रम अर्थात माइनस ७० डिग्री सेन्टिग्रेड आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ ।बेलायतले फाइजरसँग ४ करोड डोज कोरोना खोप अर्डर गरिसकेको छ ।

जापान सरकारले ब्रिटिश औषधि निर्माता एस्ट्राजेनेका पीएलसी र संयुक्त राज्यका तिन औषधि निर्माता कम्पनीहरुले गरिरहेको खोपको परीक्षण सफल भएमा प्रत्येकबाट जापानमा खोपका करोडौं डोजहरुउपलब्ध गराउने सहमति गरिसकेको छ ।

कोरोनाभाइरसविरुद्धको खोप जापानमा प्रयोग गर्न स्वीकृत भएमा जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया