काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सन्दीपले बुधबार ट्वीट गर्दै कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
सन्दीप १० दिनमा कोरोनामुक्त भएका हुन् । गएको साता सन्दीपलाई कोरोना देखिएपछि आइसोलेसनमा बसेका थिए । कोरोनामुक्त भएपछि सन्दीपले शीघ्र स्वास्थ्य लाभको कामना गर्ने समर्थकलाई धन्यवाद दिँदै आफू मैदानमा फर्किन हतारमा भएको बताएका छन् । सन्दीपले आफ्नो टिमको लागि राम्रो गर्ने पनि बताएका छन् ।
यसअघि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । अहिले उनीहरु सबै कोरोनामुक्त भइसकेका छन् । आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले गएको हप्तादेखि टिमलाई बन्द प्रशिक्षणमा राखेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७
प्रकाशित समय: २१:३२:५८