Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – जापानमा पुनः कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । जापानको भर्खरको कोरोनाभाइरसको वृद्धि र गर्मीमा छाएको छालमा केहि फरक भेटिएको छ । नोभेम्बरको सुरुदेखि नै संक्रमित हुनेको संख्या सँगै गम्भीर बिरामीको संख्यामा वृद्धि हुँदा वर्तमान अवस्था अलि चिन्ताजनक देखिएको हो । साथै हालको छालमा विशेष गरी ८० वर्ष नाघेका वृद्धवृद्धा कोरोनाको गम्भीर शिकार बनिरहेका छन् ।
जापान विश्वको सबैभन्दा धेरै वृद्ध जनसङख्या रहेको देश हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशमा अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार भन्दा धेरैको मृत्यु भएको छ र यो संख्यामा १४ प्रतिशत ८० वा ८० नाघेका वृद्धवृद्धाको निधन भएको छ ।

यसरी कोरोना संक्रमण, यसबाट हुने मृत्यु र गम्भीर बिरामीको संख्या बढिरहेका बेला आउँदो जाडो जापानका लागि थप चुनौतीपूर्ण र खतरानाक बन्ने चेतावनी विज्ञहरूले दिएका छन् । जाडो महीनामा कोरोना बढ्ने भएकाले स्वास्थ्य उपचार र हेरचाहको राम्रो बन्दोबस्त नमिलाए ठूलो क्षति निम्तिन सक्ने भएकाले सरकारले त्यसो हुन नदिन तयारी थाल्नुपर्ने उनीहरूको भनाइ छ ।

मुख्य रूपमा जापानका चार महानगरीय क्षेत्र – साप्पोरो, आइची, ओसाका र टोकियो कोरोनाबाट बढी प्रभावित बनेका छन् । यी क्षेत्रहरुमा गम्भीर कोरोनाका बिरामीकाे उपचार गर्न ताेकिएका अस्पतालमा बेड अभाव हुने परिस्थितिमा छन् ।

स्वास्थ्यमन्त्री नोरिहिसा तामुराले कोरोनाका गम्भीर बिरामीको संख्या झण्डै ५०० पुगेको जानकारी दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया