Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा लिक्विड अक्सिजन प्लान्ट जडान गरिएसँगै एकै पटक ५० बिरामीलाई अक्सिजन दिन सकिने सुविधा भएको छ।

कोरोना संक्रमण भई गम्भीर भएका बिरामीलाई सहज रुपमा अक्सिजन दिनका लागि अस्पतालले लिक्विड अक्सिजन प्लान्ट जडान गरेको हो। अस्पतालले करिब डेढ करोडको लागतमा सो प्लान्ट जडान गरेको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले प्लान्ट जडान भएपछि कोरोना संक्रमण भई गम्भीर भएका र अक्सिजनको मात्रा कम भएका ५० जना बिरामीलाई एकै पटक अक्सिजन सुविधा उपलब्ध भएको बताए।

उनले भने, ‘कहिलेकाहीँ लिक्विड अक्सिजन सकिएर सिलिन्डर अक्सिजन प्रयोग गर्दा दिनमा २०० वटा सिलिन्डर लाग्छ। ५० जना बिरामीले अक्सिजन लिँदा हरेक १० मिनेटमा एउटा चेन्ज गर्नुपर्ने हुन्छ। सिलिन्डरबाट अक्सिजन दिँदा प्रेसर पनि नपुग्ने भएकाले लिक्विड अक्सिजन राखेका हौँ।’

उनले अक्सिजन सिलिन्डर बोकेर छिनछिनमा परिवर्तन गर्न समेत समस्या हुने बताए। ‘पिपिई लगाएर गह्रौं सामान यताउता सार्दा थकाइ लाग्ने, छिनछिनमा सकिने हुँदा परिवर्तन गर्नुपर्ने र बिरामीलाई प्रेसर पनि नपुग्ने हुन्छ। अहिले निकै सहज भएको छ,’ उनले भने।

उनले यो अस्पताल नेपालमा लिक्विड अक्सिजन प्लान्ट जडान गर्ने पहिलो अस्पताल भएको बताए। उनले भने, ‘अक्सिजन जेनेरेटर प्लान्ट र सिलिन्डरबाट एकै पटक ५० भन्दा बढी बिरामीलाई अक्सिजन दिन सम्भव हुँदैन। त्यसैले लिक्विड अक्सिजन प्लान्ट जडान गरेका हौँ।’

प्लान्ट जडान भएपछि हालसम्म टेकु अस्पताल हालसम्म करिब ८ सय जना संक्रमितको उपचार भइसकेको छ। तीमध्ये २७ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।

हरेक शय्यामा अक्सिजन दिँदा हरेक पटक अक्सिजन सिलिन्डर चेन्ज गर्नुपर्ने हुन्छ। हरेक पटक स्वास्थ्यमकर्मीलाई संक्रमणको जोखिम नहोस भनेर प्रत्येक बेडमा अक्सिजन, पेस र सक्सन मेसिनहरु राखिएको उनले बताए।

अस्पतालले कोभिड सुरु भएपछि जडान गरिएको यो लिक्विड अक्सिजन प्लान्टको तयारी अक्सिजन लिक्विड भारतबाट ल्याउने गरिएको छ।

निर्देशक राजभण्डारीले भने, ‘अस्पताल परिसरमा बनाइएको ट्यांकीमा भरिन्छ। र, त्यो लिक्विडलाई भ्यापराइजर मेसिनमा राखेर ग्यासमा परिणत गरिन्छ। त्यसपछि पाइपद्वारा हरेक बिरामीको बेडमा पुग्छ।’

उनका अनुसार एक पटक आएको लिक्विडले ५० जना बिरामीलाई  अक्सिजन दिँदा १२ देखि १५ दिनसम्म पुग्छ तर अन्य समयमा भने २ महिना बढी समयसम्मलाई पुग्ने अनुमान छ।

एक पटक  लिक्विड ल्याउँदा ६ देखि ७ लाख खर्च लाग्ने उनले जानकारी दिए।

अस्पतालमा कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बिरामीको सबै उपचार र परीक्षण निःशुल्क  हुने गरेको छ।

अस्पतालका निर्देशक राजभण्डारीले उपचार शुल्क तिर्न सक्ने बिरामीलाई भने सकेको शुल्क दिन अनुरोध गरेका छन्। ‘उपचार खर्च दिन सक्ने संक्रमित निको भएर जाँदा सकेको रकम दिनुभयो भने यहाँ अस्पतालले राखेका कर्मचारीलाई समेत तलब सुविधा दिन सकिन्छ। सबै कर्मचारीको तलब मन्त्रालयबाट आउँदैन, अस्पतालकै आम्दानीबाट दिनुपर्ने हुन्छ,’ उनले भने।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया