Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो  – जापानमा पछिल्लो समयमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको बताइएको छ । जापानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा २ हजार ६८४ जना कोरोना संक्रमित थपिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो संख्या जापानमा २४ घन्टाभित्र देखिएको सबैभन्दा ठूलो संख्या हो । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा ठूलो संख्या हो ।

योसँगै जापानमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ४६ हजार २१४ जना पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयले त्यहाँको राजधानी टोकियोमा पछिल्लो समयमा धेरै संक्रमितहरु पाइएका छन् ।

यसअघि पनि गत महिनामात्र यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले अब फेरि समस्या बढ्दै गएमा जापानमा आपतकालको अवस्थामा जस्तै केही नीतिहरुमा परिवर्तन पनि हुन सक्ने बताएका थिए ।

जापानमा केही हप्ता मात्र पहिले पर्यटनको प्रोत्साहनका लागि राष्ट्रिय स्तरको अभियान चलाइएको थियो । भाइरसबाट संक्रमितको संख्यामा कमी आएपछि टोकियोमा यस्तो अभियान चलाइएको थियो । जापानमा संक्रमण केवल टोकियोमा मात्र नभएर अन्यत्र पनि सरेको बताइएको छ । तर आइतबार देखिएका संक्रमितहरुमध्ये टोकियामा मात्र होइन, त्यहाँभन्दा बाहिर पनि फैलिएको छ ।

जापानका विकट टापुहरुमा पनि अब कोरोनाभाइरस संक्रमित भेटिन थालेको बताइएको छ । आइतबार भेटिएका ती संक्रमित मध्ये टोकियमा मात्र ५६१ जना भेटिएका छन् । – रासस/एएनआई

तपाईको प्रतिक्रिया