Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – बिहीबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार रकम र नेप्से सूचक दुबैले ऐतिहासिक रेकर्ड कायम गरेको छ । पुराना रेकर्ड तोड्दै ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

नेप्से सूचक ०.९८ प्रतिशत अर्थात १८.४३ अंकले बढेर १८९३.२४ विन्दुमा पुगेको छ । बिहीबार कारोबार खुलेको केहि समयमै नेप्से सूचक बढेर १९२७ विन्दुसम्म पुगेको थियो । अन्तिम समयमा बिक्री चाप केहि बढ्दा पुनः १८९३ विन्दुमा झरेको हो ।

आज २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँमा खरिद बिक्री भएको छ । यो नेप्सेमा भएको हालसम्कै उच्च कारोबार रकम हो । बैंकिङ उपसमूहमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । बैंकिङ उपसमूहको सूचक २.७ प्रतिशतले बढेको छ । कारोबारमा आएका ७ वटा उपसमूहको सूचक भने नकारात्मक देखिएको छ ।

चार कम्पनिको कारोबार उच्च

चारवटा कम्पनीको शेयर कारोबार उच्च रहेको छ एनएमबि माइक्रोफाइनान्स, पाँचथर पावर, हिमालयन उर्जा, र आँखु खोला जलविद्युतको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै नविल बैंकको ८.८६ प्रतिशत, कुमारी बैंकको ६.५६ प्रतिशत, नेपाल बंलादेश बैंकको ५.६२ प्रतिशत र चिलिमे हाइड्रोको ५.४१ प्रतिशतले मूल्य बढेको छ।

त्यसैगरी साल्ट ट्रेडिङ कम्पनीको सबैभन्दा धेरै ६.१८ प्रतिशतले घटेको छ भने ङ्यादि ग्रुप पावरको ५.८८ प्रतिशत, बोटलर्स नेपालको ५.६७ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ५.३४ प्रतिशत र मल्टिपर्पस फाइनान्सको ४.९२ प्रतिशतले घटेको छ ।

नेपाल पुनर्बीमा कम्पनकिो सबैभन्दा धेरै ५८ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंकको ३८ करोड ३४ लाख, शिवम सिमेन्टको २८ करोड ९१ लख, नेपाल दुरसञ्चार कम्पनीको २८ करोड २७ लाख र नेपाल बैंकको २५ करोड ५१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबारमा भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन आएन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया