Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

बेइजिङ । चीनको मध्य क्षेत्रमा स्थानीय रुपमा प्रसारित कोरोनाभाइरसका बिरामी नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जनाएको छ । आयोगले दैनिक सार्वजनिक गर्ने विवरणमा मंगलबार मध्य क्षेत्रमा पाँच जना विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको उल्लेख थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्थानीय व्यक्तिमा संक्रमण भएका एक शंकास्पद व्यक्ति भित्री मंगोलियामा देखिएको आयोगले जनाएको छ । कुनै पनि व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु नभएको पनि आयोगको भनाई छ । विदेशबाट आएका व्यक्तिहरुमध्ये शाङ्घाई, फुजियान, गुआङदोङ र शाङ्सीमा कोरोना पुष्टी भएको थियो ।

मंगलबारसम्ममा चीनको मध्य क्षेत्रमा कूल तीन हजार आठ सय नौं जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये तीन हजार पाँच सय २३ जना डिस्चार्ज भइसकेका छन् भने दुई सय ८६ जना अस्पतालमा उपचार गराइरहेका छन् । आयोगका अनुसार विदेशबाट आएका संक्रमित कुनै पनि व्यक्तिको मृत्यु भएको छैन ।

चीनको मध्य क्षेत्रमा हालसम्म ८६ हजार चार सय ६९ व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका थिए भने कूल चार हजार छ सय ३४ जनाको मृत्यु भएको थियो । अझै पनि तीन सय पाँच जना उपचारका क्रममा रहेका छन् जसमध्ये छ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । “मेनल्यान्ड चाइना” भनेर चिनिने चीनको उहान समेत मध्य क्षेत्रमा कोरोनाले सबैभन्दा बढी असर पारेको थियो ।

तपाईको प्रतिक्रिया