सोमबार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

काठमाडौं –  पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादबारे मुख खोलेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले नेकपाभित्रको किचलो रुपमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सत्तासंघर्ष देखिएपनि सारमा त्यो गहिरो वैचारिक राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै भएको दाबी गरेका छन् । र, उनले यसलाई अन्तर्यमा अग्रगमन र पश्चगमनबीचको लडाईँको पनि संज्ञा दिएका छन् ।

उनले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको पनि उद्धृत गरेका छन् ।
तपाईको प्रतिक्रिया