काठमाडौं – नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।
पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिएका छन्। यसमध्ये काठमाडौंका मात्र १७८४ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना संक्रमित थपिएका छन् । देशभर भने थप ४३९२ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १२६१३७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको संख्या ३५२२ जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ८८०४० जना पुगेको छ । आजको पीसीआर १६५३१ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३७३८२ जना रहेको छ । त्यसमध्ये संस्थागत आइसोलेसनमा १२३३६ जना र होम आइसोलेसनमा २५०४६ जना रहेका छन् । हाल क्वारेन्टिनमा ४८०८ जना रहेका छन् ।