Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – भारतमा ‘अनलक-५’ आजदेखि लागू हुँदैछ। कोरोना महामारीका कारण सात महीनादेखिको प्रतिबन्ध विस्तारै हट्दै गएको छ।

आजदेखि सिनेमा हल, मल्टीप्लेक्स, इन्टरटेनमेन्ट पार्क, स्वीमिङ पूललगायतका क्षेत्र खुल्दैछन्।

सामाजिक दूरी कायम गराउँदैं आजदेखि सिनेमा हल खोल्नका लागि सरकारले अनुमति दिएको थियो। मध्यप्रदेश, दिल्ली, चण्डीगढ, उत्तर प्रदेश तथा बंगालमा ७ महीनादेखि बन्द सिनेमा हल खुल्ने भएको हो। तर, महाराष्ट्र, झारखण्ड, छत्तीसगढ तथा पूर्वोत्तरी राज्यमा भने अर्को सूचना जारी भएपछि मात्र खुल्नेछन्।

गुजरातमा १७ अक्टोबरबाट खुल्न सक्छ। गोवा सरकारले सिनेमा हल खोल्नका लागि अनुमति दिएको थियो। तर, सिनेमा हल सञ्चालकहरूले नयाँ चलचित्र नहुँदा हल बन्द नै राख्ने निर्णय गरेका छन्।

त्यस्तै, आजदेखि मनोरञ्जन पार्क पनि खुल्नेछन्। पार्कभित्र र बाहिर स्यानिटाइज गर्नुपर्नेछ। मनोरञ्जन पार्कका स्वीमिङ पूल भने बन्द रहनेछन्।

अन्यत्रका स्वीमिङ पूलमा एक पटकमा २० जनाभन्दा बढीलाई जान अनुमति मिल्ने छैन्। त्यस्तै आजैदेखि दिल्ली तथा महाराष्ट्रका विभिन्न क्षेत्रमा स्कूल खोल्नका लागि अनुमति दिइएको छ।

पञ्जाबमा भने आजदेखि कक्षा ९ देखि १२ सम्मका स्कूल खुल्ला हुनेछन्। उत्तर प्रदेशमा भने १९ अक्टोबरबाट विद्यालय खुल्नेछन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया