आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – अभिनेता अक्षयकुमारले बलिवुडमा पछिल्लो समय देखिएको ड्रग विवाद र बलिवुडमा देखिएको नकारात्मकताका बारेमा आफ्नो धारणा राखेका छन् । एक भिडियो सन्देश जारी गर्दै अक्षयकुमारले आफुहरुलाई स्टार्स भनिने भएपनि यो सबै दर्शककै प्रेमले बनेको बताएका छन् ।

अक्षयले भनेका छन्, ‘हामीले फिल्मको माध्यमबाट देशको संस्कृति र मुल्य मान्यतालाई दुनियाको कुना कुनामा पुर्याएका छौं । जो सबैले महसुस गर्नसक्छन्, हामीले फिल्मको माध्यमबाट बेरोजगारी, भ्रष्ट्राचारी, गरिबी सबैलाई सिनेमाको माध्यमबाट देखाउने प्रयास गरेका छौं ।’

सुशान्तको निधनपछि बलिवुडमा कैयौं यस्ता मुद्धा बाहिर आएको बताउदै अक्षयकुमारले यसले आम दर्शकलाई जति पिडा दिएको छ, आफुहरुलाई पनि यसले सताएको बताएका छन् ।

उनले भनेका छन् – ‘अहिले हामी सबैले आफुले आफैलाई हेर्ने बेला आएको छ । बलिवुड फिल्म उद्योगमा धेरै कमजोरीहरुलाई हेर्न जरुरी भएको छ । ड्रग्सका बारेमा अहिले कुराकानी भइरहेको छ । म छातीमा हात राखेर झुट कसरी बोल्न सक्छु की यस्तो हुदैन भनेर । अवश्य हुन्छ, जो सबै पेशामा हुन्छ । तर यसमा सबै सामेल छन् भन्ने चाहि सत्य होइन । यस्तो हुन सक्दैन ।’

ड्रग्स कानुनी मुद्धा भएको भन्दै अक्षयकुमारले हाम्रो प्रशासन र अदालतले यसमा एक्सन लिने विश्वास व्यक्त गरेका छन् । साथै अक्षयले सबै बलिवुडलाई नै बदनामीको आँखाले नहेर्न अपिल गरेका छन् । साथै अक्षयले मिडियालाई नकारात्मक विषय मात्र नदेखाउन अपिल गर्दै निगेटिभ विषयले कसैको बर्षौंसम्मको मिहिनेत बर्बाद हुन्छ भन्दै संवेदनसिल हुन् अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया