आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – उत्तर कोरियाका नेता किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

किमले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई एक सन्देश पठाउदै शिघ्र स्वास्थ्य लाभको कामना गरेको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले उल्लेख गरेको छ ।

किमले ट्रम्प कोरोनाको संक्रमणबाट छिटो मुक्त हुने विश्वास व्यक्त गरेको र यसबाट छिटै बाहिर निस्किने कामना गरेको केसिएनएले जनाएको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ट्रम्प ज्वरो आएपछि वाल्टर रीड मेडिकल सेन्टरमा भर्ना भएका छन् । ह्वाइटहाउसले राष्ट्रपति ट्रम्पले थकान महसुस गरेको र कोरोनाको हल्का लक्षण रहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया