आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाण्डाै – भारतमा केही हप्तायता दैनिक ८० हजार जनाभन्दा धेरैमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । दिनप्रतिदिन कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।

यसैबीच भारतमा कोरोनाको सङ्क्रमणपछि निको हुनेको सङ्ख्या पनि बढ्दो छ । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको सङ्क्रमणपछि निको हुने देशमा भारत अग्रस्थानमा रहेको र यसले केही राहत दिएको शुक्रबार जनाएको छ ।

भारतमा अहिलेसम्म ५३ लाख ५२ हजारभन्दा धेरै कोरोनाका सङ्क्रमित निको भएका छन् । भारतमा अहिले सङ्क्रमितको सङ्ख्या ६३ लाख ९७ हजारभन्दा धेरै छ भने नौ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित छन् ।

यस्तै कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको देशको पहिलो स्थानमा रहेको अमेरिकामा सङ्क्रमितको सङ्ख्या ७४ लाख ९४ हजारभन्दा धेरै छ । त्यहाँ अहिलेसम्म ४७ लाख ३६ हजारभन्दा धेरै निको भएका छन् ।

यसैबीच भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा घटिरहेको पनि जनाएको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख नजिक छ ।

तपाईको प्रतिक्रिया