आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अमरबहादुर थापाले बिरामीको महाकाली अस्पतालमा उपचार भइरहेको बताए। बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ।

‘स्थानीय बङ्गला चदाराले दुई दिनअघि राँगाको मासु बिक्री गरेको रहेछन्,’ डीएसपी थापाले भने, ‘त्यही मासु खाएर स्थानीय बिरामी परेको हुन भन्ने खबर छ।’

 

तपाईको प्रतिक्रिया