शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – पर्वत समाज जापानको अधिवेशन टोकियोमा हुने भएको छ । पर्वत समाज जापान धवलागिरी अञ्चलमा अवस्थित पर्वतबाट जापान आई अध्ययन र विभिन्न पेशा/व्यवसाय गरिरहेका पर्वतेलीहरुको साझा संस्था हो ।

गत २७ तारिकका दिन टोकियोको ओकुबोमा बसेको वर्तमान कार्यसमिति (१०१७-०१९)को अन्तिम पूर्ण बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । आगामी अधिवेशन सम्पन्न गर्नको लागी वर्तमान समिति नै अधिवेशन आयोजक समिति रहने गरी निर्णय गरिएको छ ।

बैठकले वर्तमान कार्यकालको समिक्षा गर्नुका साथै आगामी अधिवशन सम्पन्न गर्न ४ सदस्यीय निर्वाचन समिति र ३ सदस्यीय विद्यान समिति तय गरेको छ । निर्वाचन समितिमा महेश श्रेष्ठ, ओम गुरुङ र मोहन घले छन् । आउँदो ११ ताखिकका दिन सबैलाई टोकियोमा उपस्थितीका लागि समाजले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया