बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब तीन महिना भइसकेको छ । तर, उनको मृत्युपछि उठेको बलिउडमा लागूऔषधको प्रसंग झन् गहिरो हुँदै गएको छ ।

यहीबीच भारतको एनसिबीले बलिउडमा ड्रग्सको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ । यसमा अब दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग सोधपुछ भइसकेको छ । यसअघि रकुल प्रितसँग पनि सोधपुछ भइसकेको छ ।

शनिबार सारा र श्रद्धासँगको सोधपुछमा उनीहरुले सुशान्तले ड्रग्स सेवन गर्ने गरेको साँचो भएको बताएको भारतीय मिडियाले लेखेका छन् ।

तपाईको प्रतिक्रिया