बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ५ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा बाराका २० वर्षीय, ललितपुरका ४४ र ७२ वर्षीय, रुपन्देहीका ७२ वर्षीय, बर्दियाका ६३ र ५० वर्षीय, अछामका ३४ वर्षीय र काठमाडौंका ६१, ६२ वर्षीय पुरुष र ५० वर्षीया महिला रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टायता थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ७३३९४ पुगेको छ ।

तपाईको प्रतिक्रिया