शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – नेपाली सेनामा कार्यरत दुई जवानको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोनाविरुद्धको अभियानमा अग्रमोर्चामा रहेर काम गर्दै आएको सेनामा २ हजार २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार संक्रमितमध्ये ५ सय ६४ जना डिस्चार्ज भएका छन् ।

क्वारेन्टाइन, आइसोलसन, संक्रमितको शव व्यवस्थापनलगायतमा सेना सक्रिय रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया