शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् । निवासमा कार्यरत एक सैनिकमा कोरोना संक्रमण देखिएपछि प्रधानसेनापति सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले थापा आइतबार बिहानदेखि सेल्फ क्वारेन्टिनमा बसेको जनाएको छ । निर्देशनालयले प्रधानसेनापतिको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम प्रधानसेनापति सेल्फ क्वारेन्टिनमा बसेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया