आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – खानाका लागि सम्पूर्ण विश्वमा उत्तम स्थान हो “टोकियो” विश्वमा सबैभन्दा धेरै रेष्टुरेन्ट भएको सहर टोकियोमा १५०,००० भन्दा बढी रेष्टुरेन्ट छन् । टोकियो केवल जापानी मात्र होइन चिनियाँ, इटालियन, फ्रान्सेली र थाई खानाका लागि पनि प्रख्यात छ । हरेक प्रकारका खाना पाइने सहर टोकियो निस्सन्देह खानाप्रेमीको लागि स्वर्ग नै हो ।

तुलनात्मक रुपमा हेर्ने हो भने न्यू योर्क शहरको भन्दा पाँच गुना धेरै र हंगकंगको भन्दा दश गुना धेरै रेष्टुरेन्टको संख्या रहेको छ टोकियोमा ।

यहाँ सस्तो देखि महँगो सबै मूल्यका स्वादिष्ट खानाका अनन्त विकल्प छन् । टोकियोका अधिकांश रेष्टुरेन्ट साना र सस्तो नै छन् । सस्तो र चाँडो सेवा पाइने विशेष गरि सुशी, तेम्पुरा, रामेन आदिका रेष्टुरेन्ट केवल ८ वा १० सिटका देखिन्छन् । यी पसलहरु देख्दा ठिकै देखिए पनि स्वच्छ र जान मन लाग्ने खालका नै हुन्छन।

सस्तोको साथै यहाँ उल्लेखनीय संख्यामा उच्च स्तरीय रेष्टुरेन्ट पनि छन् ।

आर्थिक, सामाजिक र सांस्कृतिक सबै पक्ष्यमा अब्बल टोकियो संसारको सबै भन्दा धनि र विकसित सहरको सुचिमा छ ।

३.८ करोडको बसोबास रहेको टोकियोको थुप्रै मिठा, केहि अचम्म लाग्दा र केहि रेष्टुरेन्टमा नबिन प्रबिधिसहितका खानेकुराले अतिथिहरुलाई आस्चर्य चकित गरेको छ ।

तपाईको प्रतिक्रिया