आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – कोरोना भाइरस (कोभिड–१९) महामारीले मानिसको दैनिक जीवनमा परिवर्तनहरू ल्याइदिएको छ।

कोरोना भाइरस विरुद्धको खोप निकट भविष्यमा बन्ने सम्भावना अझैपनि नदेखिएको बेला सुरक्षित भइ आफ्नो काम व्यवसाय सुचारु गर्न आवश्यक छ । र अहिलेका लागि सबैभन्दा उत्तम विकल्प भनेको सावधानी अपनाउनु नै हो ।

यहीँ परिस्थितिलाई मध्यनजर गर्दै पछिल्लो समय पेपर मास्कदेखि स्मार्ट मास्कसम्म जापानी बजारमा देखिएका छन् । यसै क्रममा क्योटो सागा युनिवर्सिटी अफ आर्ट्सले ह्याण्डलको भएको मास्क विकास गरेको छ । उक्त मास्क खासगरी रेष्टुरेन्टहरूमा खाने समयमा प्रयोग गर्नको लागि बानाइएको हो । एउटा हातले खाना खाँदै अर्को हातले समाउन मिल्ने ह्यान्डलसहितको मास्कको डिजाइन र उपयोगिता भविष्यमा अझै सुधार गर्दै जाने बताइएको छ ।

मंगलबार क्योटोका २० वटा रेष्टुरेन्टका व्यवसायीहरु सो मास्कको परिक्षणमा सहभागी भएका थिए ।

परिक्षणमा सहभागी भएका एक व्यक्तिले हरेक पटक खाना खादा साधारण मास्क फुकाल्न र कुरा गर्दा मास्क लगाउन व्यावहारिक नरहेको र यो ह्यान्डल भएको मास्क झंगतरहित भएकाले भाइरस विरुद्ध प्रभावकारी हुन सक्ने प्रतिक्रिया दिएका छन् ।

कोरोनाभाइरस युगको होटल, रेस्टुरेन्टमा ग्राहकको संख्यामा देखिएको ब्यापक गिरावटमा केहि हदसम्म समाधान गरि मानिसहरूलाई सुरक्षित खानपानको आनन्द दिनको लागि सो मास्कको विकास भएको हो ।

तपाईको प्रतिक्रिया