आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – ओसाकाको विमानस्थलमा कुकुरहरुका लागि विश्वस्तरीय शौचालय रहेको छ ।

यस अन्र्तराष्ट्रिय विमानस्थलमा गत फेब्रुअरीमा बनाइएको सो शौचालयमा कुकुरहरुका नुहाउन मिल्नेदेखि पिशाब गर्नका लागि पोलको समेत व्यवस्था छ जुन हरेकपटक प्रयोग गरिएपछि आफैँ सफा पनि हुन्छ ।

विमानस्थलको प्रवेश गर्ने ठाउँमा स्थापित उक्त शौचालय कुकुरहरुले भित्र छिर्नु अगाडि प्रयोग गर्न सकून् भनेर राखिएको बताइएको छ ।

यो सेवाले कुकुर सहित त्यसका मालिकहरुलाई पनि पनि धेरै सहज गराउने अपेक्षा गरिएको छ ।

जापानका अन्य विमानस्थल, जस्तै टोकियो नारिता एयरपोर्टमा भने कुकुरहरुका लागि भित्र मात्र सेवा क्षेत्र राखिएको छ ।

शौचालयका साथै कुकुरहरुलाई वरिपरि डुलाउने स्थल समेत राखिएको छ भने उनीहरुलाई बस्नका लागि बेन्च र शुद्ध खानेपानीको पनि व्यवस्था छ ।

बाहिर भएपनि सो क्षेत्रको माथि छाना बनाइएको हुँदा जस्तोसुकै मौसममा पनि प्रयोगमा आउने बताइएको छ ।

घरपालुवा जीव लिएर आउने प्रायः यात्रुहरुले आफ्नो कुकुरले उडान ढिला भएमा वा अन्य कुनै अवस्थामा पिशाब रोक्न नसक्नेप्रति चिन्ता व्यक्त गर्ने गरेका छन् ।

तर सो सेवा सञ्चालनमा आएपछि भने सबैले आरामसाथ आफ्नो यात्रा पूरा गर्न सक्ने बताइएको छ ।

तापनि अहिलेलाई यो सेवा कुकुरका लागि मात्र उपयुक्त रहेको हुँदा अन्य घरपालुवाका मालिकहरुको चिन्ता भने कम भएको छैन ।

तपाईको प्रतिक्रिया