शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – भारतमा एकैदिन ७० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ७० हजार ६८ जना संक्रमित भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६ हजार ६९० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९१८ जनाको मृत्यु भएपछि भारतमा आइतबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५६ हजार ८४६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया