शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – टोकियोको महानगरीय प्रहरीले गत फेब्रुअरीमा सेतागायावार्डबाट भान्छाको चक्कु प्रयोग गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा एक २१ वर्षीय महिलालाई पक्राउ  गरेको थियो ।

पक्राउ परेकी कुरुमी कामाताले आफूले आफ्नै अपार्टमेन्टमा बाबुको हत्या गरेको पनी स्वीकार गरेकी थिइन् ।

अहिले घटनाको ६ महिनापछि टोकियोको सार्वजनिक अभियोजक कार्यालयले सो केस खारेज गर्ने निर्णय गरेको छ । अभियोजन पक्षले आफ्नो निर्णयको कुनै कारण भने खुलाएको छैन । यद्यपि संदिग्ध कुरुमी कामाताले पक्राउ पर्ने समयमा उनी महिनौंदेखि आफ्नो बुबाबाट शारीरिक र मौखिक दुर्व्यवहारको शिकार भइरहेको बताएकी थिइन् ।

जापान एक सुरक्षित देश भनेर चिनिन्छ । यहाँ अपराध दुर्लभ छ र विश्वस्तता पनि दुर्लभ नै छ  ।

२०१२ को एक सरकारी तथ्यांक अनुसार जापानमा प्रत्येक १५ जना जापानी महिला मध्ये १ महिलाले आफ्नो जीवनकालमा यौनदुराचारको सामना गर्ने गरेको उल्लेख छ । तर जापानमा यौनदुराचारबारे महिलाले विरलै रिपोर्ट गर्छन् । यहाँ यौन उत्पीडनजस्तो विषयमा कमैले सार्वजनिक रूपमा कुरा उठाएको भेटिन्छ । यद्यपि  जापानले महिला माथिको यौनदुराचार सम्वन्धी कानूनी व्यवस्था भने गरेको छ ।

तपाईको प्रतिक्रिया