शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

ललितपुर – ललितपुरको पाटन अस्पतालमा उपचाररत एक ६५ वर्षीया कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती महिला साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन् ।

अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना संक्रमित महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । निर्देशक शर्माले ती महिलामा उच्च रक्तचाप, निमोनिया र छातीको इन्फेक्सनको समस्या समेत रहेको बताएका छन् ।

‘नोमिनिया र छातीको इन्फेक्सन देखिएकी ती महिलाको यही साउन ६ गतेदेखि उपचार भइरहेको थियो’, निर्देशक शर्माले भने, ‘समस्या जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौं, उनको आज (शुक्रबार) मृत्यु भएको छ ।’

भर्खरै वीरगञ्जबाट काठमाडौं आएकी ती महिला स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्टार अस्पताल पुगेकी थिइन् । उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई स्टार अस्पतालबाट पाटन अस्पताल सारिएको थियो । उनको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना पोजिटिभ देखिएको छ र उनीहरु अहिले उपचारकै क्रममा छन् ।

तपाईको प्रतिक्रिया