आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – शनिबार जापानमा थप ६६२ जना संक्रमित भेटिएका छन् ।

हिजो टोकियोमा २९०, ओसाकामा ८६, खानागावामा ४९, साइतामामा ४९, चिवामा ३२, क्योटोमा २५, आइचीमा २५, फुकुओकामा २४, होक्काइदोमा १३, ह्योगोमा १२, नारामा ८, तोचिगिमा ६, नागासाकीमा ६, इबाराकीमा ५, मियागी ३, ओकायामामा ३, इसिकावामा २, हिरोसिमामा २, शिजुओकामा २, वाकायामामा २, गुन्मामा १, खागोसिमामा १, गिफुमा १, मिएमा १, निइगातामा १, नागानोमा १, कागावामा १, तोयामामा १, यामागुचीमा १ र एयरपोर्ट क्वारेन्टाइनमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जापानको सबै भन्दा प्रभावित स्थान राजधानी टोकियोको शिन्जुकुमा हिजो १७ जना संक्रमित भेटिएका छन् । यो संगै शिन्जुकुमा संक्रमित संख्या एक हजार ३७७ पुगेको छ ।

जापानमा हालसम्म २४ हजार ९१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया