आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपालका ६६ दशमलव १२ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म ११ हजार ६ सय ३६ जना संक्रमित निको भएका हुन् ।

पछिल्लो २४ घन्टामा १ सय ३ जना निको भएको गौतमले बताए । मुलुकभरका क्‍वारेन्टाइनमा २३ हजार २ सय ७५ र आइसोलेसन ५ हजार ८ सय २५ जना रहेको उनले बताएका छन् । शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ ।

तपाईको प्रतिक्रिया