आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – राइड-सेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेको हत्या आरोपमा उनकै सहयोगी पक्राउ परेका छन् । गत सोमबार न्युयोर्कस्थित म्यानह्याटनको अपार्टमेन्टमा फहिमको शव क्षतविच्छेद भएको अवस्थामा भेटिएको थियो ।

फहिमको हत्या आरोपमा उनै निजी सहयोगी २१ वर्षका टाइरेस ह्यासपिल पक्राउ परेको जनाइएको छ । हत्यापछि टाइरेसले फहिमको क्रेडिट कार्ड प्रयोग गरेको देखिएको प्रहरीको भनाइ छ । हाल यस विषयमा थप अनुसन्धान जारी छ ।

फहिमले स्थापना गरेको पठाओ कम्पनी बंगलादेश, नाइजेरिया र नेपालमा निकै लोकप्रिय छ । पठाओलाई हुसेन इलिएस र फहिमले संयुक्त रुपमा स्थापना गरेका थिए । एजेन्सी

तपाईको प्रतिक्रिया