आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५६ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ५०२ जना पुगेको छ ।

शुक्रबार थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ६३७ जना उपचारपछि निको भएका छन् । मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।

तपाईको प्रतिक्रिया