आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६७१ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २६ हजार २७३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४ हजार ८८४ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । भारतमा कुल संक्रमित १० लाख ३८ हजार ७१६ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै भारतमा अहिलेसम्म ६ लाख ५३ हजार ७५१ जना ठिक भएका छन् भने ३ लाख ५८ हजार ६९२ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ४१ लाख ९४ हजार १४० पुगेको छ भने मृतकको संख्या ५ लाख ९९ हजार ४१६ पुगेको छ । त्यस्तै विश्वभर ८४ लाख ७० हजार २७५ जना कोरोना संक्रमित ठिक भएका छन् ।

तपाईको प्रतिक्रिया