शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेको बताएका छन् ।

शनिबार बिहान एक ट्वीट गर्दै भट्टराईले हिटलर पनि निर्वाचित नै भएको र उनले पनि राष्ट्रवादलाई नै हतियार बनाएको, तर आखिर के भयो भनी प्रश्न गरेका छन् । ट्वीटमा उनले संसद्‌बाटै सङ्कटमोचन गर्नुपर्नेमा नेकपाले किन अलमल गरेको भनि सोधेका छन् ।

पूर्वप्रधानमन्त्री डा.भट्टराई प्रधानमन्त्री ओलीका कटु आलोचक हुन् । ​प्रधानमन्त्री एवम् अध्यक्ष ओलीका कार्यसम्पादन र व्यवहारलाई लिएर अहिले सत्तारूढ नेकपाभित्र विवाद जारी छ ।

तपाईको प्रतिक्रिया